|
|
२०८२ फाल्गुन २५
969 views
ललितपुर - ललितपुर – रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिविरुद्धको मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
आज उक्त रिट नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान को इजलासमा पेशी तोकिएको थियो ।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने पुस अन्तिममा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध युवराज पौडेल ले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
यसअघि कास्की र रुपन्देही अदालतले भने सर्वोच्चमा विचाराधीन मुद्दा रहेको कारण देखाउँदै लामिछानेमाथिको मुद्दा फिर्ता लिने निर्णय गरेका छैनन् ।

बिजनेस पाटी