ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन–२ बाट निर्वाचित भएका लामिछानेले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि गरेको खर्च सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार उनले निर्वाचनका लागि ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका देखिएको छ ।
खर्च विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ, यातायात तथा इन्धन (२ वटा गाडी, १५ दिन) मा २ लाख ९५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण खाजा खर्च (२ दिन) मा १४ हजार २ सय रुपैयाँ तथा वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यस्तै, प्रचार सामग्री खरिद (झण्डा र ब्याच) मा १ लाख १२ हजार रुपैयाँ, ब्यानर र स्टिकर खरिदमा ५५ हजार रुपैयाँ, खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ, हवाई खर्च (३ पटक) १३ हजार ६ सय ६२ रुपैयाँ र गोष्ठी–भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया