|
|
२०८२ फाल्गुन ११
357 views
ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडक यात्रा सुरक्षित बनाउने दायित्व राज्यको भएको बताएका छन् । धादिङमा पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मानवीय क्षति भएपछि उनले दुःख व्यक्त गर्दै सडक सुरक्षाप्रति राज्यको चासो कमजोर रहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो । तर यसतर्फ गम्भीर चासो र चिन्ता विगतमा लिइएन । दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो, हुन सकेन ।‘
सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने नियम र प्रभावकारी अनुगमन नै दुर्घटना रोक्ने आधार रहेको भन्दै उनले यसप्रति आफ्नो पार्टी गम्भीर र जिम्मेवार रहने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया