२०८२ चैत्र २१ | Apr 04, 2026

रास्वपा निर्वाचनमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणको पक्षमा : सभापति लामिछाने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
459 views

ललितपुर – रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताउनुभएको छ ।

सभापति लामिछानेले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतन्त्रको उत्सवको रूपमा मनाउन सबैलाई सहभागी हुन आग्रह गर्दै, निर्वाचनबाट आउने परिणाम स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनमा भाग नगर्ने वा बिथोल्ने कसैलाई छुट नहुने र जनतालाई मताधिकारबाट वञ्चित गर्नु नहुने स्पष्ट गर्नुभयो ।

निर्वाचनपछि पार्टी नेतृत्व सरकारले सुशासन र विधिको शासन कायम गर्दै मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

कार्यक्रममा रास्वपा केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईमकवानपुर क्षेत्र नं १ र २ का उम्मेदवार प्रकाश गौतम र प्रशान्त उप्रेतीले पनि सम्बोधन गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया