|
|
२०८२ फाल्गुन १२
459 views
ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो चुनावमा झापा–५ ले एउटा इतिहास लेख्ने बताएका छन् । पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई जिताएर झापा–५ ले देशलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।
उनले छोटो सम्बोधन गर्दै भने, ‘यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ । जब–जब जनता जागे, तब–तब देश बचेको छ ।’ उनले जनताबाट पाएको आशीर्वाद स्मरण गर्दै देश बच्ने र बन्ने दुवै सम्भावना रहेको बताए।
झापा–५ ले संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्न लागेको उनको दाबी थियो ।
उनले थपे, ‘यहाँबाट निर्वाचित हुने उम्मेदवारलाई राष्ट्रिय पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ ।’ सभापतिका रूपमा आफूलाई गर्व लागेको उल्लेख गर्दै उनले बालेन्द्र शाह देशको नेतृत्वमा पुग्न सक्ने सम्भावना औँल्याए ।

बिजनेस पाटी