भोट नबाँड्नुस्, भ्रष्टाचारीलाई खुसी नबनाउनुस् : लामिछानेको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
612 views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने बताएका छन् । गोरखा जिल्ला पुगेका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै पाँच वर्षको स्थायी सरकार दिन आह्वान गरे।

उनले भोट बाँडिए सिट बाँडिने र रास्वपाले बहुमत नल्याए भ्रष्टाचारीहरू खुसी हुने बताएका छन् । तिनलाई खुसी पार्ने होइन, घण्टी बजाउने हो भन्ने उनको भनाइ थियो ।

धर्म, जात र सम्प्रदायका नाममा राजनीति गर्न नहुने भन्दै उनले सामाजिक सद्भाव जोगाउन आग्रह गरे । राजनीति र सम्प्रदायलाई अलग राख्नुपर्ने उनको धारणा थियो ।

आउने निर्वाचन इतिहास लेख्ने अवसर भएको र सुधन गुरुङ तथा कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन उनले आग्रह गरे ।

सुधन गुरुङलाई सदन पुर्‍याउन भ्रष्टाचारीहरू डराइरहेको तर रास्वपाले उनलाई संसदमा पुर्‍याउने उनले बताए ।

 पात्रो/राशिफल  रेडियो YouTube