(रास्वपा) सभापति लामिछाने फराकिलो मतान्तर सहित विजयी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २३
|
1k views

ललितपुर - ललितपुर – चितवनको निर्वाचन क्षेत्र नम्बर  बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने निर्वाचित भएका हुन् ।

लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा उनले ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना कुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर  मा ८७ हजार २ सय २१ मत खसेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube