|
|
२०८२ फाल्गुन १२
459 views
ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज इटहरीमा चुनावी सभाको आयोजना गर्दैछ ।
सभालाई रवि लामिछाने र बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न रवि र बालेन इटहरी पुगिसकेका छन् । सभाको लागि आवश्यक तयारी पूरा भइसकेको र कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन हुने रास्वपाले जानकारी दिएको छ ।
चुनावी सभामार्फत पार्टीले आफ्नो एजेन्डा र आगामी योजनाबारे जनतालाई जानकारी दिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया