ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध महान्यायाधिवक्ताले फिर्ता लिएको निर्णयको विरोधमा दायर रिटमाथि आज (फागुन २९) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सुनुवाइ न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी निर्धारण भएको छ ।
उक्त रिट सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ताको पुस ३० गतेको निर्णयविरुद्ध दायर गरिएको हो । यसअघि फागुन २७ गते न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले सुनुवाइका लागि पेसी तोकेको थियो ।
सर्वोच्चले पेसी स्थगित नगरी पूर्ण सुनुवाइका लागि तोक्दा, विपक्षीहरूको लिखित जवाफ पेश भइसकेको वा म्याद नाघेको देखिएकाले प्रत्यक्ष सुनुवाइका लागि आदेश जारी गरिएको छ ।
रिट दायर गर्ने पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतका कानुन व्यवसायी रहेका छन् ।

बिजनेस पाटी