|
|
२०८२ फाल्गुन १९
1.1k views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने को भेरिफाइड फेसबुक पेज बन्द गरिएको छ । लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेजमा अनधिकृत पहुँच बनाउने प्रयास भएपछि सुरक्षाका लागि ‘लक’ गरिएको जनाएको छ ।
सचिवालयका अनुसार आज बिहानैदेखि बाह्य व्यक्तिहरूले फेसबुक पेज ह्याक गर्न पटकपटक प्रयास गरेका थिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेज मेटाद्वारा अस्थायी रूपमा ‘लक’ गरिएको उल्लेख गरिएको छ ।
पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआएसम्म कुनै पनि नयाँ सामग्री पोस्ट नहुने स्पष्ट पारिएको छ। साथै, यदि पेजबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिङ्क सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरिएको छ ।
सचिवालयले फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।


बिजनेस पाटी