२०८२ फाल्गुन ६ | Feb 18, 2026

रवि जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
1.1k views

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयले तयारी थालेको छ ।

लामिछानेको हकमा मात्रै मुद्दा फिर्ता गर्दा विवादमा मुछिएपछि सबै अभियुक्तको हकमा लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने तयारी गरेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

तर यसमा त्रुटि भएकोे भन्दै सबैको हकमा यो निर्णय कार्यान्वयन गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया