|
|
२०८३ भाद्र १५
6.1k views

ललितपुर - जावलाखेल पातञ्जल याेग समिति , ललितपुर ग्रुपले बाढी पीडितका लागि राहत स्वरूप खाद्यान्न सङ्कलन गरेर हस्तान्तरण गरेको छ ।
सोमवार ग्रुपका तर्फबाट सङ्कलित दालमोठ, चिउरा, चाउचाउ लगायतका खाद्यान्न सामग्री नेपाल स्काउटका प्रतिनिधि विश्व श्रेष्ठमार्फत बाढी पीडितलाई हस्तान्तरण गरिएको ग्रुपका सदस्य प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

जावलाखेल पातञ्जल याेग समिति अन्तर्गत यो ग्रुपमा दैनिक १ सय २५ भन्दा बढिले योग र व्यायाम गर्दै आएका छन् । उक्त ग्रुपलाई योग गुरु कपिल शाहीले योगा प्रशिक्षण दिँदै आएका छन् ।



बिजनेस पाटी