२०८२ चैत्र २१ | Apr 04, 2026

काठमाडौंमा हल्का वर्षा, दुई–तीन दिन यस्तै मौसम रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
510 views

ललितपुर – देशका विभिन्न भागमा सोमबार (फागुन २५) हल्का वर्षा भएको छ । राजधानी काठमाडौं का केही स्थानमा पनि दिउँसो पानी परेको बताइएको छ। जल तथा मौसम विज्ञान विभाग ले आगामी दुई–तीन दिन यस्तै हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेल का अनुसार, देशमा हाल तीन मौसमी प्रणालीको प्रभाव देखिन थालेको छ। “पूर्वतिर न्यूनचापीय क्षेत्र सक्रिय छ, पश्चिमबाट आंशिक वायुको प्रभाव छ र माथि उच्चचापीय क्षेत्रले पनि प्रभाव पारिरहेको छ,” उनले बताइन्।

उनले ठूलो वर्षा हुने सम्भावना नभएको र केवल हल्का वर्षा हुने अनुमान रहेको पनि स्पष्ट पारेकी छिन्। पश्चिमी भागमा हल्का बदली र पानी पर्ने सम्भावना देखिएको छ।

आगामी दुई–तीन दिन मौसम यस्तै रहने देखिएको छ भने काठमाडौंमा पनि हल्का वर्षा हुने सम्भावना छ। मौसमविद्ले प्रिमनसुन अवधिमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना हुन सक्ने चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया