|
|
२०८३ आश्विन १७
1.4k views

ललितपुर -
गायक राजेन्द्र बुढाथोकीले उडेर आउँ भने बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
राजेन्द्र थापाको शब्द दीपक शर्माको सङ्गीत अनि कुशल सिंह को सङ्गीत संयोजन रहेको गीतलाई किशोर थापाले मिक्सिीङ गरेका हुन् ।
गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । बुद्ध थापाले खिचेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन् ।
लक्ष्मी बर्देवाको अवधारणाको भिडियोलाई जीवन भट्टराईले निर्देशन गरेका हुन् ।
गायक बुढाथोकीको आफ्नै च्यानल त्रिमूर्ति आर्ट एण्ड इन्टरटेनमेन्ट बाट भिडियो सार्वजनिक गरिएको हो ।
यस अघि गायक बुढाथोकीका टालाटुली बटुली, भन्नु हुन्थ्यो बाले, आफै कुरो बुझ मायाले, लगायतका आ दर्जन बढी गीत सार्वजनिक भैसकेका छन् । उनले त्यति नै सङ्ख्यामा अडियो रेकर्डिङ भएका गीतहरू सार्वजनिक गर्न बाँकी रहेको जानकारी पनि दिएका छन् ।



बिजनेस पाटी