निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
510 views

ललितपुर - ललितपुर – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कास्की जिल्लास्थित निर्वाचन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

कास्की जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा प्रदेश सुरक्षा निकायका पदाधिकारीसँगको बैठकमा उहाँले निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउनका लागि आआफ्नो जिम्मेवारीअनुसारका कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्नुभयो ।उक्त अवसर गृहसचिव श्रेष्ठलाई जिल्लाको समग्र सुरक्षा व्यवस्था सम्बन्धमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा निर्वाचनको तयारी सम्बन्धमा मुख्य निर्वाचन अधिकृत हिमलाल वेलवासेले जानकारी गराउनुभएको थियो । बैठकमा गृहसचिव श्रेष्ठसहित प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।गृहसचिव श्रेष्ठसहितको टोली आजै स्याङ्जाको चापाकोट, बाग्लुङको ताराखोला हुँदै पोखरा आएर पोखरामा बैठक सम्पन्न गरी गोरखा जानुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी

       पात्रो/राशिफल  रेडियो YouTube