२०८२ फाल्गुन २ | Feb 14, 2026

राजु पाण्डे काठमाडौँ क्षेत्र नम्बर ३  बाट सर्वेन्द्र खनाल बारा ४ बाट चुनाव लडने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
14.4k views

ललितपुर ।  काठमाडौँ महानगरपालिकाका नगर प्रहरीवलका पूर्व प्रमुख राजु पाण्डे काठमाडौँ क्षेत्र नम्बर ३  बाट चुनाव लडने भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  बालेन टिमका पाण्डेलाई टिकट दिएको हो । आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका हुन् । 

यसैबिच समुन्नत नेपाल पार्टीका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धा गर्ने भएका छन् । सोही क्षेत्रबाट नेकपा (एमाले)ले कृष्णकुमार श्रेष्ठ (किसान)लाई उम्मेदवारका रूपमा अगाडि सारेको छ । 

खनालले ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–६ बाट र तनहुँ–१ को उपनिर्वाचनमा पनि एमालेबाट उठेर पराजित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया