बलिउड अभिनेता राकेश वेदी काठमाडौंमा

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २४
|
153 views

ललितपुर - बलिउड अभिनेता राकेश वेदी आइतबार काठमाडौं आइपुगेका छन् ।
आफ्नो चलचित्र ‘है जवाती तो इश्क होना है’ को प्रवर्धनका लागि नेपाल भ्रमणमा आएका उनले काठमाडौंका विभिन्न हलको अवलोकन, पशुपतिनाथ मन्दिरको दर्शन र सांस्कृतिक आदानप्रदान सम्बन्धी पत्रकार सम्मेलनमा सहभागिता जनाउनेछन् । आज साँझ ७ ः ४५ बजे बिग मुभिजमा उनले दशृक र रंग पत्रकार संग अन्तरकृया गर्ने भएका छन् ।

दुई दिनको काठमाडौं भ्रममणमा अभिनेता बेदीले यहाँका विभिन्न हलको भ्रमण गरी दर्शकलाई भेट्ने कार्यक्रम छ । सोमबार मण्डला थिएटरमा आयोजना हुने नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान सम्बन्धी पत्रकार सम्मेलनमा पनि उनी सहभागी हुने छन् । उनको पछिल्लो फिल्म धुरन्धर २ नेपालमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्म हो ।

       पात्रो/राशिफल  रेडियो YouTube