ललितपुर - ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक रहेको बताएका छन् । आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोह उद्घाटन गर्दै उहाँले सबै जाति, भाषा, संस्कृति र समुदायलाई समान पहुँच, अवसर र सम्मान दिने समावेशी शासन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपतिले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा र ज्ञान प्रणाली केवल सांस्कृतिक सम्पदा नभई नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधार रहेको बताए । उहाँले यिनको संरक्षण, संवद्र्धन र समुचित विकासका लागि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आदिवासी ज्ञान प्रणालीलाई परम्परामा मात्र सीमित नराखी, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । साथै सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा स्थापित गर्न योगदान पुग्ने आशा व्यक्त गर्नुभयो ।

बिजनेस पाटी