राष्ट्रपतिबाट थप अध्यादेश जारी, श्रृंखलाबद्ध निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २०
|
51 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । आइतबार (वैशाख २०) उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

यो अध्यादेश नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको हो ।

      यसअघि पनि राष्ट्रपति पौडेलले लगातार विभिन्न अध्यादेश जारी गर्दै आएका छन् । शनिबार (वैशाख १९) स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसम्बन्धी ऐन संशोधनका अध्यादेश जारी गरेका थिए ।

      त्यसैगरी शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी गरिएको थियो भने बिहीबार (वैशाख १७) सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भएका थिए ।

      पछिल्ला दिनमा श्रृंखलाबद्ध रूपमा अध्यादेश जारी भइरहेका कारण यसले राजनीतिक तथा कानुनी क्षेत्रमा चासो बढाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube