गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
153 views

ललितपुर - गायक रामकृष्ण ढकालले आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूले भ्रामक प्रचार र मानहानी गरेको आरोप लगाउँदै ढकाल बिहीबार आफैं साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् ।

      साइबर ब्युरोका एसपी दिलीपकुमार गिरीका अनुसार उजुरी दर्ता भइसकेको छ र यस विषयमा अनुसन्धान भइरहेको छ ।

      ढकालमाथि पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको आलोचना र टिप्पणीका कारण विवाद चुलिएको छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ मा नक्खु कारागारबाट निस्केका रवि लामिछानेलाई लिन आफ्नै कारसहित पुगेको विषयलाई लिएर उनी आलोचनामा परेका थिए ।

      त्यसपछि सामाजिक सञ्जालमा उनको चलचित्र ‘मालती मंगले’ बहिष्कार गर्ने सम्मका प्रतिक्रिया आउन थालेको बताइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube