ललितपुर – आगामी चैत्र २७ बाट प्रदर्शनमा आउन लागेको चलचित्र राम नाम सत्य को पहिलो गीत “धागोले बाटेको” सार्वजनिक भएको छ । सार्बजनिक रोमान्टिक गीतमा बाबुल गिरी र रचना रिमाल को स्वर रहेको छ भने शब्द डाक्टर डीआर उपाध्याय र संगीत स्वयं बाबुल गिरीले गरेका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्ट फिचर्ड छन् । दुवै कलाकार रोमान्टिक मुडमा देखिएका छन्, जसले चलचित्रको प्रेम कथालाई झल्काउने बताइएको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउस को व्यानरमा निर्माण भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् ।
माइकल चन्द ले निर्देशन गरेको यस चलचित्रमा कथा तथा पटकथा पनि उनैको रहेको छ । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ ।
एक्सन, सस्पेन्स र प्रेम कथामा आधारित चलचित्रमा विराज भट्ट र सुपुष्पा भट्ट का साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र स्व. सुनिल थापा लगायतले अभिनय गरेका छन् । गीत सार्वजनिक भएसँगै चलचित्र प्रति दर्शकको उत्साह बढेको निर्माण पक्षको अपेक्षा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया