ललितपुर – अभिनेता विराज भट्टको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिए संग सँगै धेरै चलचित्र निर्माण टिमहरूले आफ्नो नयाँ प्रोजेक्टको रिलिज तयारी र प्रचार–प्रसार ग्रण थालेका छन् ।
मुख्यतया एक्सनप्रधानमा आधारित यस चलचित्रको टिजर करिब २ मिनेट लामो रहेको छ भने टिजरमा विराजको एक्सन दृश्यलाई केन्द्रमा राख्दै, केही सस्पेन्स, प्रेम र थ्रिल दृश्य पनि देखाइएको छ ।
निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको यो सिनेमा आगामी चैत्र २७ बाट प्रदर्शनमा आउने जनाइएको छ भने चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमली लगानीकर्ता रहेका छन् । कार्यकारी निर्माताका रूपमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार, र क्रियटिभ निर्माता मोती कार्की रहेका छन् ।
चलचित्रको कथा र पटकथा निर्देशक माइकल चन्दकै रहेको छ । प्राविधिक पक्षमा डीओपी मानकृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ, सम्पादक बन्दे प्रसाद, र व्याकग्राउन्ड म्युजिक काला चरणले तयार पारेका छन् ।
चलचित्रको टिजर सार्वजनिक सँगै यसको प्रचार–प्रसार अभियान सुरु भएको र चैत्र २७ देखि देशभरका हलमा प्रदर्शन हुने तयारी पूरा भएको निर्माण टिमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया