२०८२ फाल्गुन ६ | Feb 18, 2026

उपराष्ट्रपति यादव: निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ पार्ने अवसर

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
714 views

ललितपुर – उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचनलाई लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने महत्वपूर्ण अवसरको रूपमा मूल्याङ्कन गर्नुभएको छ । काठमाडौँमा आज आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सव लाई सम्बोधन गर्दै उहाँले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने मुख्य माध्यम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनले सम्पूर्ण नेपालीलाई आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर दिन्छ, जसले लोकतन्त्रलाई जीवन्त राख्छ र समावेशितालाई बलियो बनाउँछ । उहाँले सबै समुदाय, विशेष गरी आदिवासी जनजाति समूहको सहभागिता अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपतिले आयोगलाई आदिवासी जनजातिलाई स्रोत साधनमा पहुँच, नीति निर्माणमा सहभागिता र न्यायपूर्ण विकासमा संलग्नता सुनिश्चित गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको राज्य निकायमा पहुँच र सुविधा अझै कमजोर रहेको र नीति कार्यान्वयनमा चुनौती रहेको औँल्याउनुभयो । आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नमूना अभ्यास थालनी गरेको र आदिवासी जनजाति सम्बन्धी स्नातक तहको पाठ्यक्रम तयार पारेर पठनपाठन गरिएकोमा पनि जानकारी गराइयो ।

त्यसै अवसरमा डा पासाङ डोल्मा शेर्पालाई आदिवासी जनजातिको हकहितमा योगदानको लागि सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया