एमालेबाट रामवीर मानन्धर कांग्रेसमा प्रवेश, सभापति थापाले गरे स्वागत

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ७
|
612 views

ललितपुर - ललितपुर – नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले उनलाई पार्टीमा औपचारिक रूपमा स्वागत गर्नुभएको छ ।

रामवीर मानन्धरले सन् २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–७ बाट विजयी हासिल गरेका थिए। सन् २०७९ मा केही समय बागी उठेपछि उनी निष्क्रिय भएका थिए, तर पछि फेरि एमालेमा सक्रिय भएका थिए ।

मानन्धरले २०७० मा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमी तथा २०७४ मा रास्वपा नेता विक्रम थापा लाई पराजित गरेका थिए । उनको कांग्रेस प्रवेशले पार्टीको अनुभव र निर्वाचन तयारीमा थप बल पुग्ने विश्लेषकहरूले बताएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube