ललितपुर - ललितपुर – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आयोगले आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।
आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचनका लागि जिल्लाजिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताउनुभयो ।
सात सय ५३ स्थानीय तहका छ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी पनि दिइयो ।
निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ ।
कार्यक्रममा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचन तयारीबारे प्रस्तुति दिनुभएको थियो भने आयुक्त डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरालगायतको उपस्थिति रहेको थियो ।

बिजनेस पाटी