|
|
२०८२ फाल्गुन २२
867 views
ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी ले अभूतपूर्व जनसमर्थनसहित विजय अभियानलाई अघि बढाएको छ । देशका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहँदा काठमाडौं–१ र काठमाडौं–८ मा मतगणना नसकिँदै रास्वपा उम्मेदवारको जीत सुनिश्चित भएको छ ।
प्राप्त जानकारीअनुसार गन्न बाँकी मतभन्दा अग्रता बढी भएकाले रञ्जु दर्शना \को जीत काठमाडौं–१ मा निश्चित भएको छ । यस्तै काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठको पनि विजय सुनिश्चित भएको जनाइएको छ ।
रास्वपाले देशभर जनमत प्राप्त गरिरहेको र नयाँ राजनीतिक विकल्पप्रति नागरिकको विश्वास बढ्दै गएको नेताहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया