निर्वाचन आचारसंहिता पालना गर्ने सवालमा गम्भीर हुन आयोगलाई आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
357 views

ललितपुर - ललितपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिता पालना र कार्यान्वयनको सवालमा गम्भीर बन्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै घण्टी चिह्न भएका दलले ध्वनि प्रदूषण हुनेगरी देशव्यापी रूपमा घण्टी बजाउँदै आचारसंहिता उल्लङ्घन गरिरहेको आरोप लगाउनुभएको छ ।

      विज्ञप्तिमा भनिएको छ, ‘ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै आचारसंहिता उल्लङ्घन भइरहँदा आयोगले नदेखेजस्तो र नसुनेजस्तो गर्नु विडम्बनापूर्ण छ । खुकुरी चिह्न हुनेले खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक–राजमार्ग अवरुद्ध हुनेगरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो भने आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?

      त्यस्तै, रौतहट जिल्लामा सामाजिक एकता र सद्भाव खल्बल्याउने तथा साम्प्रदायिक वैमनस्यता बढाउने गतिविधिप्रति पार्टीले चिन्ता व्यक्त गरेको छ । सामाजिक सद्भाव र एकता कायम राख्न सबै पक्षलाई अपिल गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube