२०८२ चैत्र २१ | Apr 04, 2026

रास्वपा पार्टीको प्रचारकर्मी सक्रिय, उपत्यकामा दौडधुप

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १६
|
1k views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ ।

र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ । र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो ।

बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया