२०८२ फागुन ९ गते शनिबारको राशिफल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ९
|
459 views

ललितपुर - मेष
मन अशान्त रहनेछ र शरीरमा पीडा हुन सक्छ । अनावश्यक खर्च बढ्नेछ । व्यापारमा हानीको सम्भावना भएकाले सोचविचार गरेर कारोबार गर्नुहोस् । आफन्तसँग लेनदेन गर्दा सावधानी अपनाउनुहोस् ।

वृष
आजको दिन शुभ रहनेछ । आयआर्जन राम्रो हुनेछ र नयाँ कामको थालनी सफल हुनेछ । आर्थिक कारोबारका लागि अनुकूल समय छ। आफन्तबाट सहयोग र उपहार प्राप्त हुन सक्छ ।

मिथुन
दिन सुखद् रहनेछ र मन प्रसन्न हुनेछ । नोकरीमा सम्मान पाइनेछ। पिताबाट सहयोग मिल्नेछ । लक्ष्य प्राप्ति र नयाँ काममा सफलता मिल्ने संकेत छ ।

कर्कट
आजको दिन अनुकूल छैन । पेटसम्बन्धी समस्या हुन सक्छ । प्रतिस्पर्धीबाट आरोप आउन सक्छ । यात्रा गर्दा सावधानी अपनाउनुहोस्। आत्मसम्मानमा असर पर्न सक्छ ।

सिंह
दिन राम्रो छैन । अनावश्यक विवादमा फस्ने सम्भावना छ । आँटेका काममा अवरोध आउनेछ । घर–परिवारमा समस्या र आफन्तसँग विवाद हुन सक्छ ।

कन्या
आजको दिन राम्रो रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखद् रहनेछ । व्यवसाय र अध्ययनमा सफलता मिल्नेछ ।

तुला
दिन अनुकूल रहनेछ । नयाँ कामको सुरुआत हुनेछ । व्यापार र नोकरीबाट धनलाभ हुने सम्भावना छ । अध्ययनमा पनि सफलता हात लाग्नेछ ।

वृश्चिक
आजको दिन अशुभ देखिन्छ। अध्ययनमा मन नलाग्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ । बन्न लागेका काम रोकिने संकेत छ। आलस्य बढ्नेछ ।

धनु
दिन सुखद् छैन। स्वास्थ्यमा समस्या र आफन्तसँग विवाद हुन सक्छ । स्वासप्रस्वासमा समस्या देखिन सक्छ । जुनसुकै काम गर्दा सावधानी अपनाउनुहोस् ।

मकर
आजको दिन शुभ रहनेछ । परिवारबाट सुख र सहयोग मिल्नेछ। परिश्रमको फल प्राप्त हुनेछ । व्यापारमा राम्रो नाफा हुने संकेत छ ।

कुम्भ
दिन अनुकूल छैन । बोल्दा विचार पुर्याउनुहोस्, नत्र आफन्तलाई दुःख पुग्न सक्छ। कृषिजन्य काममा समस्या आउन सक्छ । आँखासम्बन्धी समस्या देखिन सक्छ ।

मीन
आजको दिन राम्रो रहनेछ । मान–प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ । व्यवसायमा लाभ र आँटेका काम पूरा हुने संकेत छ ।

 पात्रो/राशिफल  रेडियो YouTube