आजको राशिफल : २०८३ साउन २४ गते आइतबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २४
|
1.8k views

ललितपुर - मेष

मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । प्रयास गर्यो भने उपलब्धि हुनेछ । रोकिएका काम बन्नेछन् । जिम्मेवारी बढ्नेछ । परिश्रम गरे अनुसार फल मिल्नेछ ।

    वृष
    वृष राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । यात्रामा झन्झट आउनेछन् । शारीरिक कमजोर महशुश हुनेछ । अनावश्यक खर्च बढ्नेछ । दुखहरु बढ्नेछन् । सहयोग प्राप्त हुने छैन । खानपिनमा ध्यान दिनुहोला ।

    मिथुन

    आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । चुनौतीहरु सजिलै पार हुनेछन् । समस्याहरु हट्नेछन् । आँटेका काम पुरा हुनेछन् । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

    कर्कट

    आज कर्कट राशिका लागि आज समय अशुभ रहनेछ । काममा मन लाग्ने छैन । कमजोरीका कारण कामको प्रतिफल पइनेछैन । कामको राम्रो नतिजा आउन छैन । अध्ययनका लागि आजको दिन त्यति उपलब्धि मूलक छैन ।

    सिंह

    आज सिंह राशि भएकाहरूका लागि भुभ रहेको छ । नयाँ काम तर्फ ध्यान जानेछ । साथिभाइसँग भेटघाट हुन सक्छ । आफन्तले साथ दिनेछन् । सहयोग प्राप्त हुनेछ ।

    कन्या

    कन्या राशि भएकाहरूका लागि सामान्य रहेको छ । सम्बन्धका खटपट आउन सक्छ । अवसरलाई चिनेर अगाडी बढ्दा राम्रो हुनेछ । बन्न लागेको काम बिग्रन सक्दछन् विचार पुर्याउनु होला ।

      तुला

      तुला राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । कामहरु रोकिनेछन् । मानसम्मानमा ठेस पुग्न सक्नेछ । विचार पुर्याएर बोल्नु होला गलत अर्थ लाग्न सक्नेछ । अनावश्यक खर्च हुनेछ ।

      वृश्चिक

      वृश्चिक राशि भएकाहरूका लागि आजको दिन खराब रहेको छ । मन डर भइरहनेछ । आलस्यताका कारण काममा ढिला हुनेछ । यात्रा गर्दा समस्या आउने कारण यात्रा गर्दा विचार पुर्याउनुहोला ।

      धनु

      धनु राशिका लागि आजको दिन शुभ छ । आँटेको कामहरु सफल हुनेछन् । भविष्यको लागि योजनाहरु बन्नेछन् । रोकिएका कामहरु बन्नेछन् । शत्रुहरु आपैmँ पन्छिनेछन् ।

      मकर

      मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । नयाँ कामको सुरुवात हुन सक्नेछ । आँटेको कामहरु बन्नेछन् । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

      कुम्भ

      कुम्भ राशिका लागि आजको दिन खराब रहेको छ । स्वास्थ्य भरपर्दो रहनेछैन । कामहरु बिग्रन सक्नेछ । अनावश्यक खर्च हुनेछ । कुनै पनि काममा लगानी नगर्नु होला । नयाँ कामको सुरुवात नगर्नु होला ।

      मीन

      मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । अनावश्यक विवादमा पर्न सकिनेछ । काममा धेरै समस्या देखिनेछन् ।

       पात्रो/राशिफल  रेडियो YouTube