ललितपुर - मेष राशि
मेष राशि भएकाहरुले बोल्दा नरम शब्द प्रयोग गर्नु होला । विवाह सम्बन्धी प्रस्ताव आउन सक्छ । परिवारमा सुख–शान्ति रहने छ । धन प्राप्तिमा रहेका अवरोध हट्ने छन् । अदालतमा अनुकूलता रहने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ ।
वृष राशि
वृष राशि भएकाहरुको समय शुभ रहने छ । आर्थिक उन्नति हुनेछ । लगानी लाभदायक रहने छ । परिवारको सहयोग प्राप्त हुनेछ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहन सक्छ । शारीरिक समस्या सम्भव छ । शुभ रंग आकाशे हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन राशि
मिथुन राशि भएकाहरुलाई कुनै रमाइलो समारोह अथवा उत्सवमा सहभागी हुने अवसर मिल्न सक्छ । यात्रा रमाइलो हुनेछ । विद्यार्थीहरूले सफलता प्राप्त गर्नेछन् । व्यापारमा बुद्धिको प्रयोगले उन्नति हुनेछ । जागिरमा सहकर्मीहरुको सहयोग मिल्ने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ ।
कर्कट राशि
कर्कट राशि भएकाहरुले लेनदेन गर्दा हतार नगर्नु होला । कसैको उक्साहटमा नआउनु होला, नत्र समस्या बढ्न सक्छ । महत्त्वपूर्ण निर्णय सोचेर मात्र लिनु होला । व्यापार सामान्य रूपमा चल्ने छ । आम्दानी स्थिर रहने छ । शुभ रंग आकाशे हो भने शुभ अंक १ रहेको छ ।
सिंह राशि
सिंह राशि भएकाहरुको पराक्रम र प्रतिष्ठा बढ्ने छ । सम्मान बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । जागिरमा पदोन्नति हुन सक्छ । लगानी लाभदायक रहने छ । शुभ रंग क्रीम हो भने शुभ अंक २ रहेको छ ।
कन्या राशि
कन्या राशि भएकाहरुको आम्दानी बढ्ने छ । व्यापार लाभदायक रहने छ । टाढाबाट शुभ समाचार आउन सक्छ । घरमा पाहुनाहरू आउन सक्छन् । आत्म–विश्वास बढ्ने छ । लगानी शुभ रहने छ । शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।
तुला राशि
तुला राशि भएकाहरुलाई प्रेम सम्बन्धमा अपेक्षाभन्दा बढी सफलता मिल्न सक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । अप्रत्याशित लाभ हुन सक्छ । जागिरमा पदोन्नति हुन सक्छ । भाग्यले साथ दिनेछ । शुभ रंग बदामी हो भने शुभ अंक १ रहेको छ ।
वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुलाई आजको दिनले खुशी दिनेछ । आफ्नो व्यक्तिगत काममा ध्यान दिन सक्नु हुनेछ । आर्थिक स्थिति मजबुत गर्न गरिएका प्रयास सफल हुनेछन् । आम्दानी स्थिर रहने छ ।
शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ ।
धनु राशि
धनु राशि भएकाहरुको व्यावसायिक यात्रा सफल हुनेछ । लाभका अवसर प्राप्त हुनेछन् । अधिकार प्राप्तिको योग छ । व्यस्तता बढ्नेछ । अरूको काममा हस्तक्षेप नगर्नु होला । लाभ हुनेछ । शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
मकर राशि
मकर राशि भएकाहरुलाई सरकारी पक्षबाट खुशी मिल्न सक्छ । कुनै ठूलो काम सफल हुन सक्छ । नयाँ योजना बन्न सक्छ । नयाँ कामको सुरुवात हुन सक्छ । सामाजिक कार्य गर्ने अवसर मिल्ने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ राशि
कुम्भ राशि भएकाहरुलाई धन प्राप्ति सजिलो हुनेछ । सुख–सुविधाका साधन जुट्ने छन् । व्यापार लाभदायक रहने छ । पूजा–पाठमा मन लाग्ने छ । खुशी महसुस हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ७ रहेको छ ।
मीन राशि
मीन राशि भएकाहरुले सवारीसाधन अथवा मेसिन प्रयोग गर्दा सावधानी अपनाउनु होला । आम्दानी स्थिर रहने छ । सफलता पाउन बढी प्रयास गर्नु पर्नेछ । निर्णय सोचेर मात्र लिनु होला । आत्मविश्वास कायम रहने छ । शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।

बिजनेस पाटी