ललितपुर - मेष
सार्वजनिक जीवनमा नयाँ प्रगति हुने छ । सामाजिक छविमा प्रशंसा मिल्ने छ । औसत भन्दा जोखिमले भरिएका कामहरुमा हात हाल्न मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ । मित्रतामा केही कटुता देखिने छ । शेयर बजार औसत रहने छ ।
वृष
सामान्य भन्दा सृजनशिल ढंगबाट सोच्ने व्यक्तित्व हुने छ । कल्पना र भावनात्मक दृष्टिकोणबाट बढि सोच्ने स्वाभाव रहने छ । नयाँ कामको शूरुवात गर्ने वा अध्ययन क्षेत्रमा प्रगति हुने छ । पेशागत क्षेत्र सहज रुपमा अघि बढ्ने छ । आम्दानी औसत रहने छ । परिवारमा बैमनश्यता रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।
मिथुन
स–सानो आलोचनाले पनि मनमा धेरै खिन्नताको अवस्था ल्याइदिने छ । मनमा दोहोरो कुरा खेलिरहने छ । आर्थिक हिसावले हेर्दा केही दबाब निरन्तर रहने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई ध्यान दिनु नै उपयुक्त होला । परिवारमा किचलोका कारण मनमुटाव रहने छ । शेयर बजारबाट औसत फाइदा मिल्ने छ ।
कर्कट
समय औसत रुपको रहने छ । आम्दानीमा बृद्धि भए पनि त्यसको सदुपयोगको चुनौति रहने छ । खर्चका मात्राहरु पनि बढ्न पुग्ने छन् । पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । पपरिवारमा मधुरताका क्रम देखा पर्ने छ । सामाजिक रुपमा भने सम्मान प्राप्त हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ ।
सिंह
परिवारमा मिलनको अवसर आउने छ । तर स्वास्थ्य समस्याले च्याप्दा पेशागत कामहरु अवरुद्ध हुने छन् । खर्चहरु बढ्ने हुँदा आर्थिक रुपमा तनाव थपिने र ऋण लाग्ने देखिन्छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु नै उचित हुने छ । पेशागत जीवन सन्तुलन राख्न प्रयास गर्नु होला । शेयर बजारबाट लाभ हुने छैन् ।
कन्या
आँटिलो व्यक्तित्व हुने छ । धार्मिक गतिबिधिमा सँलग्न हुने समय छ । प्राकृतिक कुराहरुप्रति आकर्षित हुने र त्यसबाट आनन्द मिल्ने छ । आम्दानीमा हल्का बृद्धिको संकेत देखिए पनि व्यावहारिकतामा कम आउने छ । पेशागत जीवन सन्तुलित रहने छ । अनावश्यक बादबिबादबाट जोगिनु होला । शेयर बजार औसत रहने छ ।
तुला
मिठो बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । रङ्ग रमाईलोको वातावरणमा रम्ने अवसर मिल्ने छ । नयाँ स्थानको भ्रमणको अवसर पनि प्राप्त हुने छ । निर्णय क्षमतामा सुधार आउने भएकाले आफ्नो मनोबलमा सुर आउने छ । खर्चको मात्रा भने धेरै हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।
वृश्चिक
यात्रा हुने छ । तर यात्रामा केही कठिनाई भोग्नु पर्ने छ । रमाईलो खालको स्वाभावले गर्दा साथिभाइको मन जित्न सकिने छ । योजना बनाए भन्दा खर्चमा बृद्धि हुने छ । आम्दानीमा पनि केही बृद्धि हुन पुग्दा आर्थिक पक्ष भने सन्तुलित धानिने छ । परिवारको मन जित्ने प्रयास गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।
धनु
समय प्रतिकुल रहेको छ । मनोबलमा कमि आउने र मनमा ग्लानि बढाउने छ । पेशागत क्षेत्रमा केही सुधार आउने छ भने सन्तुलनको आभाष हुने छ । जीवनसाथिको साथले कठिनाईलाई पार लगाउन मद्धत मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।
मकर
बादबिबाद तथा झैझगडाका कारण प्रशासनिक झमेलाबाट गुज्रनु पर्ने छ । सामाजिक छवी र प्रतिष्ठामा गिरावट आउने छ । भाग्यहिनताका कारण कमजोर अवस्थाबाट गुज्रनु पर्ने छ । परिवारका सदस्यहरुले पनि धेरै साथ र सहयोग गर्ने छैनन् । शेयर बजारबाट भने लाभ मिल्ने छ ।
कुम्भ
पेशागत जीवनमा नयाँ उन्नतिको अवसर मिल्ने छ । आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था मजबुद बन्ने छ । मानसम्मान प्राप्त हुने र मनमा सन्तोष मिल्ने छ । परिवारमा पनि कदर बढ्न जाने छ । अस्पतालको खर्च बृद्धि हुने छ । यात्रामा जानु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
मीन
मनोबल उच्च रहने छ । तर केही स्वाभावमा आवश्यकता भन्दा कडा खालको हुने हुँदा घमण्डिपना देखिने छ । पेशागत क्षेत्रमा हौसला प्राप्त हुने छ । परिवारमा अन्योलताको अवस्था आउने छ । एक अर्काप्रति अविश्वासको अवस्था देखा पर्ने छ । आर्थिक रुपमा केही चुनौतिपूर्ण समय रहेको छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

बिजनेस पाटी