आजको राशिफल : १४ चैत्र २०८२ शनिवार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १४
|
1.1k views

ललितपुर - मेष राशि

मेष राशि भएकाहरुको लेनदेन उठाउने प्रयास सफल हुनेछ । व्यावसायिक यात्रा अनुकूल रहने छ । भाग्यले साथ दिनेछ । कारोबार बढ्ने छ । हतार नगर्नु होला । शुभ रंग बदामी हो भने शुभ अंक ७ रहेको छ ।

    वृष राशि

    वृष राशि भएकाहरुमा शारीरिक समस्या आउन सक्छ। पारिवारिक समस्याले चिन्ता बढ्न सक्छ । नयाँ आर्थिक योजना बन्न सक्छ । कार्यस्थलमा सुधार र परिवर्तनले भविष्यमा लाभ दिनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ ।

    मिथुन राशि

    मिथुन राशि भएकाहरुलाई धार्मिक काममा मन लाग्ने छ । लाभका अवसर आउने छन् । भाग्यले साथ दिनेछ । व्यापार लाभदायक हुनेछ । जागिरमा उन्नति हुनेछ । लगानी गर्ने सोच बन्ने छ । शुभ रंग गुलावी हो भने शुभ अंक ५ रहेको छ ।

    कर्कट राशि

    कर्कट राशि भएकाहरुले मूल्यवान वस्तु सुरक्षित राख्नु होला । लेनदेनमा हतार नगर्नु होला । आम्दानी हुनेछ । प्रतिस्पर्धीहरू पछि हट्नेछन् । सवारी र मेसिन प्रयोग गर्दा सावधानी अपनाउनु होला । शुभ रंग बदामी हो भने शुभ अंक २ रहेको छ ।

    सिंह राशि

    सिंह राशि भएकाहरुलाई स्थायी सम्पत्तिबाट ठूलो लाभ हुन सक्छ । उन्नतिको बाटो खुल्ने छ । खुशीका खबरहरू प्राप्त हुनेछन् । पारिवारिक चिन्ता रहन सक्छ । शुभ रंग रंग केसरी हो भने शुभ अंक ५ रहेको छ ।

    कन्या राशि

    कन्या राशि भएकाहरुको व्यापार लाभदायक हुनेछ । जमिन र घर सम्बन्धी काम फाइदाजनक रहने छ । विलासी वस्तुमा खर्च हुनेछ । आम्दानीका स्रोत बढ्ने छन् । भाग्य वृद्धि हुने प्रयास सफल हुनेछ । शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।

      तुला राशि

      तुला राशि भएकाहरुको व्यावसायिक यात्रा सफल हुनेछ । लाभका अवसर मिल्ने छन् । व्यापार राम्रो चल्ने छ । लगानी शुभ रहने छ । जागिरमा सन्तोष मिल्ने छ । विद्यार्थीहरू सफल हुनेछन् । शुभ रंग आकाशे हो भने शुभ अंक ४ रहेको छ ।

      वृश्चिक राशि

      वृश्चिक राशि भएकाहरुको प्रेम सम्बन्ध राम्रो रहने छ । विवादबाट समस्या हुन सक्छ । जोखिमपूर्ण काम नगर्नु होला । मूल्यवान वस्तु सुरक्षित राख्नु होला । अपरिचित व्यक्तिमाथि धेरै विश्वास नगर्नु होला । व्यवसाय सामान्य रहने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ ।

      धनु राशि

      धनु राशि भएकाहरुलाई अज्ञात डर रहन सक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । प्रयास सफल हुनेछन् । साहस बढ्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । जोखिम उठाउने हिम्मत आउन सक्छ । भाग्यले साथ दिनेछ । शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ ।

      मकर राशि

      मकर राशि भएकाहरुको स्वास्थ्यमा ध्यान दिनु होला । कसैको व्यवहारले आत्म–सम्मानमा चोट पुग्न सक्छ । घरमा पाहुना आउन सक्छन् । शुभ समाचार मिल्ने छ । जागिरमा अधिकार बढ्न सक्छ । शेयर बजारबाट लाभ हुनेछ । शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।

      कुम्भ राशि

      कुम्भ राशि भएकाहरुको सुख–सुविधामा खर्च हुनेछ । यात्रा सफल हुनेछ । व्यापारबाट लाभ हुनेछ । लगानी शुभ हुनेछ । अप्रत्याशित लाभ हुन सक्छ । जागिरमा पदोन्नति हुन सक्छ । प्रतिष्ठा बढ्ने छ । शुभ रंग बदामी हो भने शुभ अंक १ रहेको छ ।

      मीन राशि

      मीन राशि भएकाहरुले बोलीमा नियन्त्रण राख्नु होला । मजाक गर्दा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमा विश्वास नगर्नु होला । व्यवसाय सामान्य रहने छ । शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube