रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३
|
306 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले राससलाई जानकारी दिनुभयो ।

      बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो ।

      सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube