|
|
२०८२ चैत्र २२
306 views
आइतबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ५६ दिनको निक्षेप संकलन गर्न लागेको हो ।
यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ जेठ १७ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।












फेसबुकबाट तपाईको प्रतिक्रिया