प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय अनुसन्धान विभाग

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १
|
255 views

ललितपुर - देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार कार्यविभाजन नियमावली संशोधन गर्दै सरकारले विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत सारेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि विभाग प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । पछि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई पुनः गृह मन्त्रालय मातहत फर्काएको थियो ।

      २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका रास्वपा संसदीय दलका नेता बालेन शाह नेतृत्वको सरकारले पुनः विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएको हो । सरकारले १५ चैतमा सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र २०८२’ मा पनि गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न सुझाव दिइएको थियो ।

      प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजकत्वको समितिले तयार गरेको मार्गचित्रमा विभागलाई पटक–पटक मन्त्रालय परिवर्तन नगरी प्रधानमन्त्री कार्यालयमै राखेर स्थायित्व दिनुपर्ने उल्लेख गरिएको थियो। सोही सुझावअनुसार अहिले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube