राष्ट्रियसभाः सीमाबारे जानकारी माग गर्दै बैठक अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १८
|
102 views

ललितपुर - राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको सम्बन्धमा जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।

बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्ट पार्न माग गर्नुभयो ।सांसद कर्णपछि बोल्नुभएका सांसदहरु राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गर्नुभएको थियो । आकस्मिक समयपछि सांसदहरुले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाउनु भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube