राष्ट्रियसभाः ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ८
|
459 views

ललितपुर - राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

       पात्रो/राशिफल  रेडियो YouTube