|
|
२०८२ माघ १९
1.2k views
ललितपुर – राष्ट्रियसभाको आजको बैठकमा दुई वटा महत्त्वपूर्ण प्रतिवेदन पेश भएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामा प्रस्तुत गर्नुभयो। शर्माले प्रतिवेदन पेश गर्दै अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे राष्ट्रियसभाका अध्यक्षसमक्ष स्पष्ट जानकारी पनि दिनुभयो ।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभयो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया