|
|
२०८२ फाल्गुन ८
1.1k views
ललितपुर - ललितपुर – रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
सबगढा गाउँमा बिहीबार राति एक हिन्दु समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो । त्यसै समयमा मस्जिदमा मुस्लिम समुदायले रातिको नवाज पढिरहेको बेला बाजा बजाइएको विषयमा भनाभन भएको थियो ।
भनाभनपछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए ।त्यही विषय लिएर आज बिहानैदेखि पुनः दुई समुदायबिच झडप भएको छ । आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ ।
घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिजनेस पाटी