|
|
२०८२ फाल्गुन ११
459 views
ललितपुर – जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यू फिर्ता लिइएको हो ।
जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ अन्तर्गत गौर नगरपालिका को तोकिएको क्षेत्रमा लगाइएको कर्फ्यू अवस्था सामान्य बन्दै गएपछि हटाइएको उल्लेख छ । गत ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो, जसका कारण सुरक्षा व्यवस्थाका लागि कर्फ्यू लागू गरिएको थियो ।
सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै प्रशासनले प्रतिबन्ध हटाएको जनाएको छ । अब आवागमन र जनजीवन क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ । प्रशासनले शान्ति र सद्भाव कायम राख्न सबै पक्षसँग सहकार्यको अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया