रवि लामिछाने सम्बन्धी मुद्दा सुनुवाइ स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १०
|
153 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि बिहीबार तय गरिएको सुनुवाइ स्थगित गरिएको हो ।

उक्त मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा पेसीमा रहेको थियो ।

मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट दायर भएका थिए। तीमध्ये केही इजलासले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।

यसअघि सर्वोच्चले बिहीबार पहिलो पटक मुद्दाको सुनुवाइ गर्ने मिति तोकेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube