२०८२ चैत्र २२ | Apr 05, 2026

राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा ९ अर्ब ५० करोड लगानी गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २
|
765 views

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने योजना बनाएको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पठाउन आग्रह गरेको छ, जसमा आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न भनिएको छ ।

बैंकहरूले राख्ने रकमको वितरण यसप्रकार हुने छ

  • ‘क’ वर्गका वाणिज्य बैंक: ७ अर्ब ६० करोड
  • ‘ख’ वर्गका बैंक: १ अर्ब ४२ करोड ५० लाख
  • ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनी: ४७ करोड ५० लाख

मुद्दती निक्षेप २०२६ मार्च २४ देखि २०२७ मार्च २४ सम्म, ३६६ दिनका लागि राखिनेछ। ब्याजदर प्रस्ताव चैत्र ६ भित्र आह्वान गरिएको छ ।

आवेदनका लागि बैंक तथा वित्तीय संस्थालाई केही शर्तहरू पूरा गर्नुपर्नेछ, जसमा न्यूनतम पुँजीकोष कायम हुनु, कम्तीमा दुई वर्ष सञ्चालनमा रहनु, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८% र खुद एनपीएल अनुपात ३% नअतिक्रमण गर्नु आदि समावेश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया