अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले एक खर्ब रुपैयाँ खिच्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
867 views

ललितपुर - ललितपुर –  नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न मंगलबार एक खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । तरलता बढी भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकले ३५ दिन अवधिका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सकिनेछ।

सावाँ तथा ब्याज भुक्तानी फागुन २५ गते तोकिएको छ। ब्याजदरसमेत बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था छ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। बोलकबोल गर्दा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।

आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमशः रकम स्वीकृत गरिने राष्ट्र बैंकले जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube