राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ११
|
612 views

ललितपुर - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेड बीच ‘नेपाल पे कार्ड’ सम्बन्धि महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा NPS–National Card Switch (NPS-NCS) अन्तर्गत ‘नेपाल पे कार्ड’ कार्यान्वयनका लागि सम्झौता–पत्र आदानप्रदान गरिएको हो। उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंक, NPS-NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रमुख सदस्य बनेको छ। यससँगै बैंकका ग्राहकले निकट भविष्यमा ‘नेपाल पे कार्ड’ सम्बन्धि सेवाहरु उपयोग गर्न सक्नेछन्।

कार्यक्रममा नेपाल क्लियिरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड व्यवसाय प्रमुख पबिन्द्र राजभण्डारी तथा कार्ड अपरेशन प्रमुख प्रविन आचार्य लगायतको उपस्थिति रहेको थियो। त्यस्तै बैंकतर्फ नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभाग प्रमुख गगन सिंह घिमिरे लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१४ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवा मार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले कर्जा, निक्षेपसँगै आधुनिक डिजिटल बैंकिङ सेवा विस्तार गर्दै लगेको जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube