रेशम चौधरीको उमेदवारी खारेज-काठमाडौं १०मा बस्नेतको मनोनयनपत्र पनि बदर

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
33.9k views

ललितपुर - ललितपुर । कैलाली १ बाट उमेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी खारेज गरिदिएको हो ।

उनको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको आयोगले जनाएको छ । यस्तै काठमाडौं क्षेत्र नम्बर–१० बाट मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी सुमित्रा बस्नेतको मनोनयनपत्र पनि बदर भएको छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube