देशघाती पढैया बुख्याचाहरू

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
7.2k views

ललितपुर - ऋतु आसीक

सिंहदरबार जलाउनेहरू
सर्वोच्च जलाउनेहरू
यसबेला घण्टी पार्टीमा एक बनाइएको छ ।
सेना र प्रहरीको सुरक्षामा तैनात भएर
देशप्रति घात प्रतिघात हुँदा पनि
देश जलाउनेहरूलाई
सेना र प्रहरी सुरक्षा गरिरहेको छ
मेरो देश यसबेला मर्नु र बाँच्नुको दोसाधमा
आगो रापमा पिल्सिनु परिहेको छ ।

      सिंहदरबार जलाउनेलाई
      सर्वोच्च जलाउनेलाई
      प्रहरी र सेनाको सुरक्षा खाइरहेका छन् ।
      जनसभा जनमञ्चमा
      ती आतातायीहरूलाई
      ती देशद्रोहीको सुरक्षामा
      मेरो देशको प्रहरी
      मेरो देशको सेना किन लागि परिरहेको छ ?

      एउटा पत्रकारको भेषमा
      प्रचण्डको खर्पन बोकेर
      सिमाना पारिको दानापानीमा
      आफूलाई हुर्काएर
      भन्न भ्याएको थियो
      झापामा वालेनले फराकिलो मतले जित्दैछ
      देशप्रति घात प्रतिघातको
      कुत्तेका चारो खाने पत्रकारको भेषमा
      ऊ चिच्याउँदै थियो
      मेरो शत्रु देशको बढाइ गर्दै थियो ।
      आफूलाई राजनैतिक संस्कारको
      अहम्ता भिरेर
      मेरो राष्ट्रको अस्मिता माथि
      घृणाका शब्द ओकल्दै भन्दै थियो ।
      दिल गार्डन÷गार्डन भयो ।
      देशघाती पढैया वुख्याचाहरू
      देशभरिका घण्टीको दानापानीमा
      आफूलाई ओभानो देख्नेहरू
      उनीहरू देशभक्तहरूबाट नाङ्गिने छन् ।
      मेरो देश यी घात प्रतिघात चिर्दै उठ्ने छ ।
      म मेरो देशप्रति गर्व गर्छु ।
      म मेरो देश उठेको हेर्न चाहन्छु ।
      रङ्गीविरङ्गी देशद्रोहीहरूका नाकामहरू पराजय हुनेछ ।
      हो ! मेरो देश यी सबै देशद्रोहीका विरुद्ध उठ्ने छ ।

       पात्रो/राशिफल  रेडियो YouTube