रोल्पा पहिरो : हराएकाको खोजी जारी

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २९
|
612 views

ललितपुर - रोल्पा जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा बिहिबार राति खसेको पहिरोमा परी हराएकाको खोजी जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहिबार खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ति अझै बेपत्ता हुनुभएको छ ।

      सोही वडाको फलबाङ्गमा खसेको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको थियो । उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube