२०८२ चैत्र २१ | Apr 04, 2026

काठमाडौंका ५, ९ र १० मा रास्वपाको अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
714 views

ललितपुर – पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–५, काठमाडौं–९काठमाडौं–१० मा अग्रता कायम गरेको छ ।

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस का प्रदीप पौडेलले २ हजार २३१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ईश्वर पोखरेलले १ हजार २०७ मत प्राप्त गरेका छन् । उक्त जानकारी निर्वाचन अधिकृत श्रद्धा रिजालले दिएकी हुन्।

यसैगरी काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्टले ६ हजार ६६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ३४८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी का बलराम थापाले १ हजार ५९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का विनोद श्रेष्ठले १ हजार १ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सो जानकारी दिएकी हुन् ।

त्यस्तै काठमाडौं–९ मा रास्वपाका डोलप्रसाद (डिपी) अर्याल ले २ हजार ७०२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस की नानुमैया बाँस्तोला ले ४७० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अजयक्रान्ति शाक्य ले ३६४ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया