२०८२ चैत्र २१ | Apr 04, 2026

कुन क्लस्टरमा कति ? रास्वपाले टुंगो लगायो समानुपातिक सांसदको नाम

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १
|
918 views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ । पार्टीको भर्खरै बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।


नाम सार्वजनिक हुने प्रक्रिया

झाले बताए अनुसार आयोगमा पठाइएको नाम प्रस्तावित मात्र हो। आयोगले नाम रुजु नगरेसम्म सार्वजनिक नगर्ने योजना रहेको छ ।

“तोकिएको समयभित्र ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय भएको छ । रुजुपछि आयोगले मात्र सार्वजनिक गर्नेछ। त्यसअघिसम्म नाम सार्वजनिक हुँदैन, उनले भने ।


जातीय/समुदाय अनुसार वितरण

समानुपातिक नाम क्लस्टर अनुसार निम्नानुसार विभाजन गरिएको छ

  • खस आर्य: १७ जना
  • जनजाति: १६ जना
  • दलित: ८ जना
  • मुस्लिम: ३ जना
  • मधेशी: ९ जना
  • थारु: ४ जना

फेसबुकबाट तपाईको प्रतिक्रिया